Aamsanchar

‘जाइरा’लाई दर्शक कति ??

Author Image
आइतवार, भदौ ८, २०७६


काठमाडौं >> अभिनेत्री नम्रता श्रेष्ठको अभिनय निर्माण रहेका ‘जाइरा’ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । फिल्मले प्रदर्शनको पहिलो र दोस्रो दिन अर्थात शुक्रबार र शनिबार दर्शक राम्रो पाउन सफल भएको छ ।फिल्मले प्रदर्शनको दुई दिन उपत्यका र उपत्यका बाँहिर पनि राम्रो दर्शक पाउन सफल भएको कार्यकारी निर्माता प्रशन्न गोपालीले बताए । ‘शुक्रबारको तुलनामा शनिबार फिल्मले देशभरको चलचित्र भवनमा राम्रो दर्शक पाएको छ’ उनले भने ‘फिल्मको माउथ पब्लीसिटी राम्रो छ । आगामी दिनमा अझ बढ्छन् होला ।’

नम्रता पहिलो पटक मिक्स मार्सल आर्ट खेलाडीको भुमिकामा देखिएकोले पनि फिल्मले राम्रो दर्शक पाएको उनले अनुमान लगाए ।आशुतोष राज श्रेष्ठको निर्देशन रहेको फिल्ममा नम्रता श्रेष्ठ , प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् ।
फिल्ममा नम्रता र अनुपले श्रीमान् श्रीमतीको भूमिकामा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर