Aamsanchar

खुट्टा भाचिने बिद्यार्थीले स्कुल छोडनु पर्यो, भान्चे सरले परेन

Author Image
आइतवार, भदौ ८, २०७६

बिर्तामोड ।  झापाको बिर्तामोडमा सञ्चालित एभरेष्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट एकजना बिद्यार्थीको खुट्टा भाँचिएको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा सञ्चालित एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमीका शिक्षक पंकज प्रधानले कुटपिट गर्दा सोही बिद्यालयमा कक्षा ७ मा अध्ययनरत बिद्यार्थी कुनाल गट्टानीको खुट्टा भाँचिएको हो । अर्जुनधारा नगरपालिका –८ का किसन गट्टानीका छोरा पंकजलाई शिक्षकले समातेर बेञ्चमा पछार्दा खुट्टा भाँचिएको पीडितले बताएका छन् ।

घटना बिहिबारको हो । कक्षा–७ को तेस्रो घण्टी पढाउन प्रधान कक्षा कोठामा प्रवेस गरे । सो बेला केही बिद्यार्थीले बाथरुमको धाराको पानी बोतलमा भरेर शिक्षकको पोडियममा राखिदिएका थिए । सो पानी शिक्षकले पिए । त्यसपछि बिद्यार्थीहरु हाँस्न थाले । शिक्षकले किन हाँसेको भनेर सोधे । बिद्यार्थीले धाराको पानी  सरले खानुभयो भने पछि शिक्षक आक्रोशित भएको पिडितले बताए ।

सबै बिद्यार्थी पुन हाँस्न थाले । ति मध्येबाट बिद्यार्थी गट्टानीलाई अगाडी ल्याएर शिक्षक प्रधानले गालामा थप्पड हाने । त्यतिगर्दा पनि रिस नमरेपछि उनले घाँटीमा समातेर बेञ्चमा पछारेपछि बिद्यार्थीको देब्रे खुट्टा भाँचिएको पीडित बिद्यार्थीले बताए । शिक्षक प्रधानले गट्टानीलाई धाराको पानी ख्वाएको भन्दा पनि हाँसेको निहुमा मरणासन्न हुनेगरी पिटेका हुन् । कनकाई हस्पिटलमा उपचारपछि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा अहिले पीडित बालकको घरमा उपचार भइरहेको गट्टानीले जानकारी दिए ।

मेरो छोरालाई मार्ने नियतका साथ कुटपिट भएको रहेछ, पीडित बालकका बाबु किसनले भने–‘भाग्यले बाँच्यो । बिद्यालयले बालकको निगरानीका लागि नर्सको ब्यवस्था गर्ने, उपचारमा लागेको सम्पुर्ण खर्च ब्यहोर्ने, घरमै शिक्षकको ब्यवस्था गरेर अध्ययनको ब्यवस्था गर्ने, बालकलाई अर्के विद्यालयमा अध्ययनको ब्यवस्था गर्ने र त्यसको शुल्क बिद्यालयले तिर्नेगरी सहमति गरिएको पीडितका बाबु गट्टानीले बताए ।

अभिभावक, बिद्यालय ब्यवस्थापन समिति र विद्यालय सञ्चालकको बैठकले विद्यार्थीको खुट्टा भाँच्ने शिक्षक प्रधानलाई भने उन्मुक्ति दिएको छ । पीडिक परिवारलाई दवाव दिएर सहमति गर्दै विद्यालयले प्रधानलाई उन्मुक्ति दिएको हो ।
विद्यालयका प्रधानाध्यापक आशिष प्रसाईँले घटना भएको स्विकार गरे । उनले सो घटनालाई नियत नभई आवेसमा भएको भन्दै शिक्षकको बचाउ गरेका छन् । घटना बाहिर नल्याउनका लागि विद्यालयले पीडितको सबै माग पुरा गरिदिएको बताइएको छ । पीडित पक्ष, स्थानीय तहका जनप्रतिनिधि, विद्यालय ब्यवस्थापन समितिको छलफलपछि शिक्षक प्रधानलाई एक पटकलाई माफी माग्न लगाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर