Aamsanchar

बाघको आक्रमणबाट वृद्धको मृत्यु

Author Image
आइतवार, भदौ ८, २०७६


बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ ।ठाकुरबाबा नगरपालिकाका–१, भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको आइतबार बिहान ७ः३० बजे बाघको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

बंगुरलाई दाना हाल्दै गर्दाको समयमा थारूलाई एक्कासि पाटेबाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।बर्दियामा केही दिनयता बाघ बढेसँगै वन तथा निकुञ्जबाट बाहिर निस्केर आक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दाको गुनासो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर