Aamsanchar

समुदायले सुरुगरेको कामलाई सरकारको साथ

Author Image
आइतवार, भदौ ८, २०७६

बिर्तामोड । झापाको सदरमुकाम भद्रपुर नगरपालिका क्षेत्रमा श्रीकृष्ण रथयात्रा भव्य रुपमा गराईएको छ । विगत १८ बर्षदेखि भद्रपुरबासीले श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट रथयात्रा निकाल्दै आएको छन । रथयात्रामा सयौ भक्तजनहरुको उल्लासमय सहभागिता रहेको थियो ।

रथ यात्रा समितिले शनिबार दिउँसो ११ः३० बजे भद्रपुर ५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडीबाट रथयात्रा निकालेका थिए । रथयात्राको उदघाटन भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठले पुजाआर्चान पश्चात शुभारम्भ भएको थियो ।

विभिन्न झाँकी, बाजाकाजा सहित निकालिएको रथ भद्रपुर बजार हुर्दै तारानगर दुर्गा मन्दिर, आँपगाछी चोक, ज्ञाने चोक, झापा गिरी चोक, संगम चोक, सगरमाथा चोक, गार्मेन्ट चोक, लेखनाथ चोक, विन्देश्र मन्दिर, कमल चोक, चैतु मन्दिर पुगी पुनः केन्द्रमोड, धनुषमोड, कालिमन्दिर चन्द्रगडी, क्याम्पस मोडको बाटो हुदै हस्पिटल चोक, गणेश मन्दिर, जनता चोकबाट भद्रपुर बजार परिक्रमा गरी बेलुका ८ः३० बजे नारायण मन्दिरमा पुगी समापन गरिएकोे थियो ।

नारायण मन्दिरमा पुगेर लाखे बध गरी रथयात्रा सम्पन्न गरिने धार्मिक प्रचलन रहेको छ । सो रथयात्रामा लाखे नाच, विभिन्न संस्कृती झल्कने देवीदेवताको भेषभुषा बालबालिका सजिएका थिए । २०५९ सालमा निर्माण गरिएको रथ मर्मत सम्भार गरी वितको बर्ष सम्म सञ्चालन गर्दै आइरहेको रथ यस बर्ष नगरपालिकाले नयाँ खरिद गरि संचालन गरेको थियो । श्रीकृष्ण जन्माअष्टमीको भोली पल्ट भद्रपुरमा आयोजना हुदैआएको रथ यात्रा यस बर्षपनि भव्य सम्पन्न भएको छ । भद्रपुरका विभिन्न वडाका चोक चोकमा रथ पुर्याईएर करिव ९ घण्टा लामो समय निरन्तर रथ तानेर स्थानिय सहभागीले रथ यात्रालाई उल्लासमय वातावरणमा सम्पन्न गरेका थिए ।

समूदायले एकआपस भाईचाराको संदेश दिन र कृष्ण भगवान जन्मिएको क्षणलाई र पर्वलाई मनाउन सुरु गर्दै आएकोे रथ यात्राको क्रममा गतबर्ष नगरप्रमुखले नयाँ रथ किन्न दिएको बचनलाई पुरा गरेको भन्दै स्थानियहरुमा अझ खुशियाली बढेको देखिन्थ्यो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)