Aamsanchar

मध्यराति चट्याङ लागेर दुई वर्षीया बालिकाको मृत्यु

Author Image
शनिवार, भदौ ७, २०७६

मार्तडी, 

बाजुराको बूढीगङ्गा नगरपालिका–१० बधेडामा मध्यराति १ः०० बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताउनुभयो ।लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको सार्कीको भनाइ रहेको छ ।

मृतक बालिकाकी आमा दीला सार्कीको अवस्था भने अचेत रहेको बताइएको छ । मृतक बालिकाका बुबा नोकरीको सिलसिलामा भारतमा रहेका छन् ।

चट्याङले स्थानीय लालबहादुर सार्कीको घरमा क्षति पुगेको छ । क्षतिको यथार्थ विवरण लिन इलाका प्रहरी चौकी टाँटेको टोली घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर