Aamsanchar

विराटनगरमा भुस्याहा कुकुरको चुनौती

Author Image
शनिवार, भदौ ७, २०७६

पथरी,

महेश कार्की कुकुरसँग औधी डरलाग्ने बताउनुहुन्छ । “हाम्रो टोलमा यति कुकुर छन् कि बिहान र रातिमा हिँड्नै मुस्किल हुन्छ ।” उहाँले भन्नुभयो, “बिहान छ्याङ्ग उज्यालो भएपछि मात्र हिँड्छु, राति त घरबाटै निस्कदिन”, उहाँ त एउटा प्रतिनिधिपात्र मात्र हुनुहुन्छ ।

उहाँजस्ता धेरै विराटनगरवासी भुस्याहा कुकुरको डरले घरदेखि बाहिर निस्कदैनन् । रातको समयमा विराटनगरका सडकमा कुकुरका कारण पैदल हिँड्नै कठिन हुने गरेको बताउँछन् सञ्चारकर्मी यज्ञ अधिकारी । राति पत्रिकाको काम सकेर घर फर्कंदा खल्तीमा ढुङ्गा बोकेर हिँड्ने गरेको अनुभव छ उहाँसँग । आजकल उहाँ मोटरसाइकल प्रयोग गर्नुहुन्छ ।

विराटनगर–८ निवासी अर्का स्थानीय पदम सरदारको टोलमा पनि कुकुरको बिगबिगी उस्तै छ । “बाइक पछिपछि लखेटेर लडाउँला जत्तिकै पार्छन्”, उहाँले भन्नुभयो, “विचरा कुकुरसँग धेरै डराउने कोही कोही त रोकेर विस्तारै डो¥याउँदै जान्छन् ।” स्थानीय रमेश श्रेष्ठले पाँच वर्षकी छोरीलाई विराटनगर बजार लिएर निस्किनुभयो । सडकको छेउमा भाले कुकुर र पोथी कुकुरले यौन सम्पर्क गरेको दृश्य देखियो । उहाँ साइड लागेर हिँड्नुभयो । त्यतिमात्र होइन भुस्याहा कुकुरहरु छाउरी कुकुर देख्ने बित्तिकै लाइन लागेर खेदाइरहेको बजारमा देख्न पाइन्छ ।

भुस्याहा कुकुरको बिगबिगी बढेपछि विराटनगरवासीले हैरानी खेप्नुपरेको छ । दिउँसै यौन सम्पर्क गरेरबीच बाटोमा उर्भिहने दृष्यले परिवारका सदस्यको पदैल यात्रासमेत लाजमर्दाे बन्ने गरेको विराटनगर–७ का रमेश कोइरालाको भनाइ छ । राति काम परेको खण्डमा घर बाहिर निस्कनसमेत मुस्किल हुने गरेको विराटनगरका शर्मिला गौतमको भनाइ छ ।

साँझमा केटाकेटीलाई घर बाहिर निस्कँदा टोकी देला भन्ने त्यतिकै डर हुने उहाँले गुनासो गर्नुभयो । महानगरमा कुकुर जतासुकै झगडा गरिरहेको, बिरामी र घाइते देखिन्छन् । कुकुरको वृद्धि नियन्त्रणमा महानगरले ध्यान नदिँदा जतासुकै कुकुरै कुकुर भएका छन् । साँझ परेपछि त झन सडकमा हिँड्नै मुस्किल हुने गरेको यात्री गुनासो गर्छन् ।

कुकुरको सङ्ख्या अत्यधिक भएपछि विराटनगरमा सवारी दुर्घटनाको सम्भावना बढाएको छ । विराटनगर पोखरीयाका सिटी रिक्सा चालक आमोद कुर्मी कुदीरहेको बेला खुट्टामै झम्टने गरेको बताउनुहुन्छ । विराटनगर महानगरपालिकाका भेटेनरी शाखा प्रमुख हीरालाल यादवले कुकुर बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बन्ध्याकरणको कार्यक्रम प्रत्येक वर्ष चल्छ । कुकुरकै कारणले सवारी दुर्घटना बढ्यो भन्न नमिल्ने मोरङ ट्राफिक प्रमुख शिव पोखरेल बताउनुहुन्छ । विराटनगरमा कुकुरको सख्या निक्कै भए पनि सडकमा सवारी चाप भएको समयमा कुकुरहरु ननिस्कने उहाँको भनाइ छ ।

कुकुर बन्ध्याकरण प्रभावकारी नहुँदा समस्या ?

महानगरपालिकाको पशुपक्षी शाखाले सञ्चालन गर्ने बन्ध्याकरण प्रभावकारी नभएपछि कुकुर आतङ्क बढेको स्थानीय चन्दु धाडेवा बताउँछन ।

२२ दशमलव ६ वर्गमिटर क्षेत्रफल रहेको महानगरमा २५ हजार कुकुर बस्ने गरेको तथ्याङ्क महानगरपालिकाका शाखा प्रमुख हीरालाल यादवले बताउनुभयो ।विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली भन्नुहुन्छ, अझै प्रभावकारी तरिकाले काम गर्छौं । यसअघि कुकुरको नियन्त्रण हत्या गरेर गरिन्थ्यो । कुकुरको हत्या कानूनले बन्देज लगाएको छ ।

विसं २०७० मा कुकुर हत्या गर्न नपाइने भन्दै जिल्ला पशुसेवा कार्यलय मोरङले परिपत्र गरेको प्रमुख यादवको भनाइ छ ।दु्रत गतिमा विकास भइरहेको विराटनगर महानगरको सुन्दरतालाई बढ्दो भुस्याहा कुकुरले चुनौती दिएको छ । सडक निर्माणले मात्र नगर सुन्दर हुँदैन यस्ता छाडा कुकुर र चौपाया पनि नियन्त्रण हुन उत्तिकै आवश्यक रहेको विराटनगरवासीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर