Aamsanchar

पतञ्जली आयुर्वेदका ज्ञाता आचार्य बालकृष्ण सिकिस्त

Author Image
शनिवार, भदौ ७, २०७६

काठमाडौं । पतञ्जली आयुर्वेदका ‘सिइओ’ आचार्य बालकृष्ण अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो ।

पतञ्जली योगपीठका बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको हो । स्वास्थ्यमा समस्या आएपछि बालकृष्णलाई पहिला पतञ्जली योगपीठ नजिकै रहेको भुमानन्द अस्पतालमा भर्ना गरिएपनि त्यहाँ उपचार हुन नसकेपछि उक्त अस्पतालका डाक्टरले उनलाई ऋषीकेशस्थित एम्सका लागि रिफर गरेका हुन् ।

बालकृष्ण अहिले कसैलाई पनि चिन्न सक्ने र बोल्न सक्ने अवस्थामा छैनन् । उनको अवस्था सामान्य हुन केहीसमय लाग्ने अस्पतालले जनाएको छ । एम्सले जारी गरेको आचार्य बालकृष्णको हेल्थ बुलेटिन अनुसार स्थानीय समय अनुसार पौने पाँच बजे उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुर्याउँदा उनी बेहोस अवस्थामा थिए ।

बालकृष्णको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)