Aamsanchar

रोचक अनि अनौठो खेल (दधीकाद) चारपानेमा सम्पन्न

Author Image
शुक्रवार, भदौ ६, २०७६

चारपाने, भदौ ६ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ बानालाल बारी चारपानेमा दधीकाद प्रतियोगिता सम्पन्न भएको छ ।

श्रीकृष्ण जन्माअष्टमीको दिन कृष्ण भगवानको स्मरण गरि खुशीयाली साटासाट गर्ने धार्मिक मान्यता बोकेको दधीकाद विशेषगरी राजवंशी, आदिबासी समुदायले परापूर्वकाल देखि खेल्दै आएको खेल हो । यस खेललाई यसबर्ष बिर्तामोड नगरपालिका खेलकुद विकास समितिको आयोजनामा शुक्रबार सम्पन्न गरिएको छ ।

खेलकुद विकास समतिका अध्यक्ष टिका संग्रौलाको अध्यक्षतामा भएको प्रतियोगितामा बिर्तामोड नगरपालिका वडा नम्बर २ का अध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यता रहेको थियो । आठौं सन्तानको रुपमा जन्मेका कृष्ण भगवानलाई दानवले केही गर्न नसकुन भनेर काचो नरिवललाई बालकृष्णको स्वरुप मानेर एक आपसमा नरिवललाई आफ्नो हृदयमा राखी सुरछित स्थानमा पुर्याएर खेल खेल्ने गरिन्छ । खेलमा सहभागी खेलाडीले तछाड मछाड गर्दै नरिवल लाई सुरक्षित स्थानमा पुराउन सक्ने व्यक्तीन वा समुहलाई विजेता घोषणा गरिन्छ ।


परापूर्व कालमा दहीमात्र प्रयोग गर्ने गरेपनि अहिले आएर माटो र दही मिसाएर खेलिने भएकोले यस खेलको नाम राजवंशी भाषामा दही अर्थात दधि, हिलो अर्थात कादो भनिएको हो । खेलमा विभिन्न स्थानबाट ७ वटा समुहले भाग लिएका थिए । जस मध्ये चिमित गाउँ र लालमाटीको टोली प्रथम भएको थियो । विजेताले ३ हजार नगत पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी कृष्णले दही चोरेर खाएर हैरान भएपछी आमा यसोदाले नभेटने अग्लो ठाउँमा दही राखेको प्रसंगलाई स्मरण गर्दै बासचडी खेल पनि भएको थियो ।

उक्त प्रतियोतिमा पनि लालमाटी समूहका प्रदिप राजवंशी प्रथम भएका छन उनले २१ सय नगद पुरस्कार प्राप्त गरे । बालकहरुको पनि कुविण्डो प्रतियोगिता भएको थियो, सो प्रतियोगितामा विशाल राजवंशी प्रथम भएका थिए । उनले नगद १ हजार प्राप्त गरे । निकै उल्लासमय वातावरणमा सम्पन्न भएको खेलमा सयौ दर्शकको उपस्थिती रहेको थियो ।

नगरपालिकाले नगर भित्र आयोजना हुने सबै खाले खेलकुदलाई प्रार्थमिताका साथ सम्पन्न गर्न बार्षिक क्यालेण्डर नै बनाएको छ । क्यालेण्डरमा समावेस भएको यो खेल पहिलो भएको खेलकुल विकास अध्यक्ष टिका संगौलाले बताएका छन । उनले भने राजवंशी समुदायको दधिककाद संगै संथाल जातीको धनुषबाण लगायता पौराणिक खेलहरु यस बर्ष सम्पन्न गरिने छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको आगमन भएको थियो बिशेष अतिथिमा कार्यपालिका सदस्य सुरेन राजवंशी, अतिथिमा नगर खेलकुल विकास समिति सदस्य आईतमाया शेर्मा, डिल्ली सुब्बा, वडा नम्बर ४ का सदस्य राहुल शर्मा, पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, लिम्बुबान मोर्चाका अध्यक्ष सञ्जुहाङ पालुङवा, कोचिला मोर्चाका अध्यक्ष दिनेश राजवंशी, राजवंशी समुदायका अगुवा विन्दु राजवंशी, समाजसेवी पशुपति राजवंशी, चेतन सिटौला, थारु कल्याणकारी पूर्व अध्यक्ष पुष्पलाल चौधरी, राजवंशी समाज विकास समिति अध्यक्ष रामकुमार राजवंशी लगायतको आथित्यता रहेको थियो ।

कार्यक्रममा स्वागत नगर खेलकुद विकास समितिका उपाध्यक्ष दुर्गाराज निरौलाले गरेका थिए । कार्यक्रमको महत्व र औचित्यमाथी प्रकास शिक्षा सेवी भवानीप्रसाद राजवंशी पारेका थिए । नगर खेलकुद विकास समितिका अर्का उपाध्यक्ष केशव भण्डारीले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन राजवंशी समुदायका युवा नेतृत्वकर्ता ध्रुब राजवंशीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर