Aamsanchar

‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीतमा र्‍यापर बने काली प्रसाद बास्कोटा (भिडियो सहित)

Author Image
शुक्रवार, भदौ ६, २०७६

ईटहरी । असोज ३ गतेबााट प्रदर्शनमा आउन लागेको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सार्वजनिक भएको छ । र्‍याप शैलीमा तयार पारिएको गीतको भिडियो गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र अनुपम शर्मा र्‍यापरको भूमिकामा प्रस्तुत छन् । गीतलाई पनि दुबैले मिलेर लेखेका हुन् । गीतका निर्देशक विजु कर्माचार्य हुन् । भने, कन्सेप्ट काली स्वयंको हो ।

गीतको कन्सेप्ट नयाँ र फरक छ । सम्भवतः नेपाली चलचित्रमा पहिलो पटक यस प्रकारको प्रयोग गरिएको हो । यो गीतले चलचित्रको हाइप निर्माणमा ठूलो भूमिका खेल्नेमा निर्माण पक्षको विश्वास छ । सुरुवाती दिनदेखि नै फरक शैलीको गीत तयार गर्दै आएका कालीलाई यस गीतले थप उचाइ दिलाउने देखिन्छ । उनी आफ्नो नयाँ प्रयासलाई दर्शकले रुचाउनेमा आशावादी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)