Aamsanchar

विप्लव समूहका जनसरकार प्रमुख गिफतार

Author Image
शुक्रवार, भदौ ६, २०७६

नवलपरासी । एक पछि अर्को नेता तथा कार्यकर्ता पक्राउ भईरहेको समाचार आई रहेको वेला फेरी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएका प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

सुनवल नगरपालिका–१३, बडेरास्थित घरबाटै विहीबार राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय, पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । पक्राउ परेका ढकालमाथि आवश्यक अनुसन्धान थालिएको उनले बताए । पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् ।

विप्लव समूहका जिल्ला इञ्चार्ज सुमन ज्ञवाली यसअघि नै पक्राउ परी कारागारमा छन् । पक्राउ परेका अन्य केही जिल्लास्तरका नेताहरूले विप्लव समूह परित्याग गरी धरौटीमा छुट्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर