Aamsanchar

आज अन्तराष्ट्रिय युवा दिवस

Author Image
सोमवार, साउन २७, २०७६

अन्य बर्षहरु झै यस बर्षपनि अगस्त १२ को दिन अन्तराष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रमको आयोजना गरेर संसारभर मनाइदैछ । व्यक्ति, परिवार, समूदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरुको भुमीकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्दछ ।

युवा जनसंख्यालाई संसारका कुनैपनि देशले आ-आफ्नै उमेरको परीधिमा राखेको छ तथापि युवा भनेको मानव जीवनमा अत्याधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेरसमूह पनि हो । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेग सहितको युवा अवस्था शक्ति र सार्मथ्यले भरिपूर्ण अवस्था हो ।

त्यसैले पनि होला युवाहरुलाई परिवर्तनका संवाहक मानिएको किनभने परिवर्तनकालागि नयाँ सोंच, उर्जा, चेतना, मौलिकता अनि हक्कि स्वभाव जस्ता अनेक तत्वहरूका समिश्रण चाहिन्छ र यसकालागि युवा अपरिहार्य छ । युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनैपनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्दछन् । इतिहास साक्षी छ, युवाहरुको सहभागिताबिना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् यसअर्थमा युवाशक्ति भनेको अवसर र सहि अर्थमा परिचालन गर्न नसकिएमा चुनौती दुबै हुन् ।

नेपाली गाउँहरुमा आजभोली पहिलेजस्तो युवाहरुको संख्या बाक्लो देख्न कहाँ पाइन्छ र १ हाम्रा देशका युवाहरु गएका दशकदेखि रोजगारी, अध्ययन तथा सम्भावना खोजीको सिलसिलामा विदेश जाने क्रम झन९झन बढेको छ । संसारले युवाको महत्व बुझेर ठूल्ठूला कार्यहरु, विकासका लहरहरू र उर्जायूक्त दिवसहरु आँट्दासम्म पनि नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायूक्त क्षेत्रहरूमा अझै अँटाउन सकेको छैन, हाम्रा युवाहरु मुख्यतः खाडि, कोरीया, जापानका देशमा पसिना बगाइरहँदा यता गाउँमा मलामीसम्मको जनशक्ति हम्मे९हम्मे परेको समाचार विभिन्न सञ्चार माध्यमबाट आएकै हुन् ।

वैदेशिक रोजगारबाट आएका विप्रेशण रेमिट्यान्सुको पैसाले सिमेन्टका सग्ला घर, राम्रा लूगाफाटा, मिठा खाना अनि महँगा टिभी, मोबाइलहरु हात हातमा देखिएतापनि यसरी सधैं लाहूरे नियतिले जीवन चल्छ त ? देश विकास हुन्छ र ? सोच्नुपर्ने समय आएको छ ।

दिनहुँजसो बाकसमा बन्द भएर आउने नेपाली युवाका शवहरु अनि तिनमा आश्रीत परिवारका आशुँको हिसाब आजको दिनमा सरकार र सरोकारवाला संयन्त्रसँग माग्ने बेला आएको छ । युवाहरु गहना हुन भने देशको सम्पतिलाई विदेशिनु नै नपर्ने वातावरण सृजना होस् । देशमा बढ्दो राजनीतिक सङ्कट, समाजका हरेक अन्तर्वस्तुमा हावी भइरहने पारम्परीक चिन्तनलार्इ चिर्नकालागि भएपनि हाम्रो देशमा युवाशक्तिको सबैभन्दा बढी आवश्यक्ता छ । पुल९पुलेसा, बाटो९घाटो अनि विभिन्न पुनरर्निर्माण तथा विकासको अग्रगामी सोंच र त्यो सोंचमा भरपर्दो ताकत भरेर देशलाई समृद्ध बनाउन युवाहरुको भुमिका अपरिहार्य छ ।

  • नेतृत्वबाट नयाँ र प्रभावकारी लक्ष्य राखेर दीर्घ विकास गर्ने सोंच राख्दा युवाहरुको सहभागिता अन्य समयहरूभन्दा थप महत्वपूर्ण रहन्छ र यस एतिहासिक विन्दुमा म वान कि मूनको सम्बोधनु संसारका युवाहरुसंगै नेपाली युवाहरूलाई वहूआयामिक विकासका निमित्त मागहरु राखेर आजको आवश्यक्तालाई सम्बोधन गरिदिन आग्रह गर्दछु ।

वान कि मून
संयूक्त राष्ट्र संघ महासचिव

यस अर्थमा नेपालमा पनि बिभिन्न कार्यक्रमहरु गरिंदै अनि ज्ञापन९पत्र र घोषणा९पत्रहरु मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा बुझाउने चलन छ । युवाहरुले आफ्ना माग र आवश्यक्ताहरुलाई सरकार र सरोकारवालाहरु समक्ष लैजान जागरुक र तदारुक हुन जरुरी छ, स्वरोजगार ऋृण र सीपमुलक शिक्षा प्रणालीजस्ता अवधारणा साकार पार्न नेपाली युवाहरुको जोडदार आवाज उठ्न जरुरी छ ।

अर्कोतर्फ सुशासन, पारदर्शिता र विधीको शासनकालागि युवाहरुको खबरदारी सदासर्वदा आवश्यक रहन्छ, जहाँ आवाज कमजोर भयो बुझेहुन्छ विकास ठप्प भयो, परिवर्तन ठप्प भयो । यस कारण पनि परिवर्तनका संवाहक युवाहरुको भूमिका अनन्त छ, यूगान्तकारी परिवर्तन र बिकासको अभिभारा नेपाली युवाहरुको कुशल काँधमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर