Aamsanchar

मान्छे कसरी असफल र सफल हुन्छ ?

Author Image
बिहिवार, साउन २३, २०७६

 

हामी जे गर्छौं, जसरी गर्छौं, त्यसमा सफलता प्राप्त होस् भन्ने आकंक्षा राख्छौं । दुनियाँका हरेक व्यक्ति आफ्नो जीवनमा सफलताको स्वाद चाख्न चाहन्छन् । पढाइमा होस् चाहे करियरमा, उद्यम व्यवसायमा होस् वा कलाकारितामा, हरेक व्यक्ति आफ्नो क्षेत्रमा सफल हुने सोंच राख्छन् ।

तर, सबै सफल हुँदैनन् । सबै किन सफल हुँदैनन् रु यो प्रश्नको जवाफ हामीले अरुतिर होइन, आफैतिर फर्केर सोध्नुपर्ने हुन्छ ।

सफल हुनका लागि त्यही बाटो अपनाउनुपर्छ, जो सफल व्यक्तिहरुले हिँड्ने गर्छन् । किनभने सफल र असफल व्यक्तिबीचको सोचाई, बुझाई, काम गराई सबै कुरा भिन्न हुन्छ ।

कसैलाई सफल वा असफल बनाउनमा यी कुरा पनि निकै महत्वपूर्ण हुन्छ ।

हाम्रो दिनचर्या हाम्रो बानीमा निर्भर हुन्छ । जस्तो हाम्रो बानी हुन्छ, त्यस्तै काम हामी दिनभर गर्छौ र त्यही काम हाम्रो दिनचर्या बन्छ । अतः दिनचर्या तब राम्रो हुन्छ, जब हाम्रो बानी राम्रो हुन्छ । र, यो पनि सत्य हो कि, हाम्रो बानी त्यस्तै हुन्छ, जस्तो सोंच हुन्छ । त्यसैले हामीले सोच्ने तरिका बदल्नुपर्छ ।

यहाँ सफल व्यक्ति र असफल व्यक्तिको सोचाईबीच के कस्ता अन्तर हुन्छ भनेर उल्लेख गरिएको छ ।

सफल व्यक्तिसँग आफ्नो लक्ष्यसम्म पुग्नका लागि एक राम्रो र ठोस योजना हुन्छ । जबकी असफल व्यक्तिले लक्ष्य निर्धारण गरेकै हुँदैन । लक्ष्य बनाए पनि त्यसको ठोस आधार तय गरेका हुँदैनन् ।

-सफल व्यक्ति सधै अर्काको कामको सराहना गर्छन् । जबकी असफल व्यक्ति अर्काको कामको आलोचना गर्छन् ।

-सफल व्यक्ति जीवनमा अघि बढ्नका लागि भन्ने गर्छन्, ‘मलाई केही राम्रो गर्नुछ ।’ तर, असफल व्यक्तिहरु जीवनका अघि बढ्नका लागि भन्ने गर्छन्, ‘मेरो जीवनमा केही राम्रो हुनुपर्छ ।’

-सफल व्यक्ति आफ्नो विचार तथा ज्ञान दोस्रो व्यक्तिसँग बाँढ्छन् । जबकी असफल व्यक्ति आफुले जानेको कुरा पनि साझेदार गर्दैनन् ।

-सफल व्यक्ति प्रत्येक व्यक्ति वा घटनाबाट केही न केही सिक्नका लागि तयार हुन्छन् । तर, असफल व्यक्ति सोच्छन् कि, उसलाई कसैले सिकाउनका लागि जरुरत छैन ।

-सफल व्यक्ति आफ्नो सफलताको श्रेय ति सबै व्यक्तिलाई दिन्छन्, जसले कुनै किसिमले सहयोग गरेका छन् । जबकी असफल व्यक्ति हरेक कुराको श्रेय आफै लिन खोज्छन् ।

-सफल व्यक्तिहरु समस्यासँग जुधेर अगाडि बढ्छन् । जबकी असफल व्यक्तिहरु समस्याबाट भाग्ने चेष्टा गर्छन् ।

-सफल व्यक्तिहरु हरेक समस्यामा अवसर देख्छन् । असफल व्यक्तिहरु हरेक समस्यामा जटिलता देख्छन् ।

-सफल व्यक्तिहरु लक्षित उदेश्य हासिल गर्नका लागि सार्थक प्रयास गर्छन् । तर, असफल व्यक्तिहरु निरर्थक श्रम गरिरहेका हुन्छन् ।

-सफल व्यक्तिहरु कर्म र लगनसिलतामा विश्वास गर्छन् । असफल व्यक्तिहरु भाग्यमा विश्वास गर्छन् ।

-सफल व्यक्तिहरु अर्काको क्षमता पहिचान गरी त्यही अनुसार सहकार्य गरेर अगाडि बढ्छन् । असफल व्यक्तिहरु एक्लै अगाडि बढ्न खोज्छन् ।

-सफल व्यक्ति हरेक समस्याको समधान खोज्छन् । असफल व्यक्ति समस्याबाट उम्कने बहाना खोज्छन् ।

-सफल व्यक्ति कार्ययोजना बनाएर सही ढंगले अगाडि बढ्छन् । असफल व्यक्तिसँग अगाडि बढ्नका लागि कुनै कार्ययोजना हुँदैन ।

-सफल व्यक्ति सोच्छन् कि, आउने समयलाई कसरी उपयोग गर्ने रु असफल व्यक्ति सोच्छन् कि, आउने समयलाई कसरी खर्च गर्ने ?

-सफल व्यक्ति ठूलो लक्ष्यका साथ सहकार्य गरेर अगाडि बढ्छन् । असफल व्यक्तिसँग झिनामसिना लक्ष्य हुन्छ ।

-सफल व्यक्ति सही समयमा, सही निर्णय गरेर, सही ढंगले अगाडि बढ्छन् । असफल व्यक्तिले समय फुत्किएको भेउ पाउँदैन । ठोस निर्णय गर्न सक्दैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर