Aamsanchar

खोलामा डुबेर दुईजनाको मृत्यु

Author Image
बिहिवार, साउन ९, २०७६

धनगडी साउन ९ ।  कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। लम्किचुहा नगरपालिका–६ गुलरा स्थित चरेला नदीमा डुबेर १५ वर्षीया कल्पना चौधरीको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार स्थित सुक्तिकाँडा नदीमा डुबेर एक किशोर मुत्यु भएको छ।

केहि दिन अघि दैलेखबाट फुपुलाई भेट्न घोडाघोडी आएका १६ वर्षीय नवराज न्यौपानेको साथिसँग नुहाउन गएका उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षका राज जोशीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर