Aamsanchar

सम्माननिय प्रधान मन्त्रीज्यू, मलामि जान पाँउ

Author Image
बुधवार, साउन ८, २०७६

सम्माननिय प्रधान मन्त्री ज्यू,
नेपाल सरकार
प्रधानमन्त्री को कार्यलय,
बालुवाटार, काठमाडौं

                                                                बिषय : मलामि जान पाँउ 

महोदय,
प्रधान मन्त्री ज्यू, म साधरण नेपाली(नेपालको कानुन अनुसार वंशजको आधारमा नागरिकता प्राप्त नेपाली नागरिक र राष्ट्रको माया लाग्ने भएको हुदा राष्ट्र सेवक पनि ।
मलाइ तपाइ र तपाइको सरकारको अत्यन्त माया लाग्छ, सपना सगं सगैं भरोषा पनि लाग्छ,सपनाहरु नदेखिए योजनाहरु बुनिदैनन,योजना नबनाइ लक्ष्य प्राप्त हुदैन,हो,,,तपाइले दिएका वक्तब्यहरुले उर्जा दिए मलाइ र सारा नेपालीलाई ।अझै पनि झिनो आशा छ,,धेरै लाइ,किन झिनो आशा मात्र ?,पूर्ण भरोसा किन छैन, यसको उत्तर आफैमा पाउनु हुनेछ।सायद तपाइ सँग समय नभएका कारण तपाइ सम्म यो समाचार नपुग्ला। तपाइलाइ पर्दाको कार्य गर्नेहरुले पुग्न नदेलान्।

एउटा यथार्थ,,तपाइ लगायत सम्पूर्ण जागरुक नेपालीलाई थाहा भएको। राणाहरु किन सिद्धिए, पंचायत किन सिद्धियो, राजवंश किन पतन भयो, अनावश्यक पर्दा। पर्दाले प्रकाश छिर्न दिएन। प्रकाश नछिरेपछि हड्डीहरु मक्किए। अवयवहरु कमजोर भएपछि ढल्यो संरचना। तपाइ नठान्नुस हामिलेनै ढालेका हौ भनेर। समयको माग परिस्थितिको नोकर जहाँ जहिले पनि जो र जे पनि हुन्छनै।

हो,धेरै कानुन बनाउनु थियो, प्रदेशको सिमा रेखा र नामाकरणले समय खायो। तराइमा चाहिने  नचाहिने बहानामा धेरै कार्यहरु अवरूद्ध भए। तर पनि दुइतिहाइको सरकार बामे सर्दै अगाडि घर्सिरह्यो काण्डै काण्ड बिच । बालक झैं,आशाका झिल्काहरु बोकेर। त्यस बिचमा बिभिन्न काण्डहरू आए,सुन काण्ड,,कहा हराए ? निर्मला हत्याकाण्ड,अख्तियार काण्ड,भ्रष्टाचार काण्ड, देशको सिमाना काण्ड। वाइडबडि काण्ड,मेलम्ची काण्ड,अहिको जल्दोबल्दो बिषादि काण्ड, काण्डै काण्डको तपाइको शासन कालखण्ड। नाकाबन्दी मा तपाइले कमाएको राष्ट्रबाद खरानिमा परिणत भइसक्यो। तपाइले कस्ता कस्ता मान्छेलाइ सल्लाहकार राख्नु भएको छ,कस्ता कस्ताले सल्लाह दिन्छन र तपाइ के बोल्नु हुन्छरु तपाइलेनै बोलेका शब्दले तपाइलाइ नै गोहीले शिकार नेलेझै निलिरहेछ।

मलाइ थाहा छ,थाहा पाए अनुसार तपाइको दिनचर्या गाह्रो छ,रोगलाइ जितेर रातको १ र २ बजे सुत्नु हुन्छ,भेटघाटमा ब्यस्त हुनुहुन्छ, तपाइ प्रधानमन्त्री भएदेखि फुलमालाका हारहरु थेगि नसक्नु भाको छ,लालायित छन तपाईसंग भेट गर्न कार्यकर्ता, ब्यापारि, तस्कर, ज्यानमारा,तपाइले कहिल्यै याद गर्नु भो ति कुन कुन अनुहारहरू हुनरुहारहरु कस कस्ले धेरै चढाए। तपाइका विश्वास योग्यलेनै तपाइलाइ खेलाइ राखेका छन, तपाइले भन्नुहोला,सब थाहा छ तर खै तपाइले जेल, नेल भोगेको ,तुइनमा झुण्डिदा झुण्डिदै खसेर मरेको गरिबको पिडाले पोलेको ?

म राजनितिज्ञ हैन,धेरै कुराहरु थाहा छैन। जति थाहा पाउछु, पिडाले छटपटाउछु, हो म छटपटाउदा, मेरो छाति पोल्दा तपाइ र तपाइका मान्छेलाई केहि फरक पर्दैन,समृद्धिको नाउमा पहिरो गएर पुरिदा, छिमेकीले सिमानामा बाध बाधेर डुबेर मर्दा, सिमाको बारेमा बोल्दा भारतिय सेनाको गोलीले मार्दा, तस्कर बचेर निमुखा दोषि ठहर्याउदा, मलाइ सार्है दुख्छ,सायद सहन शक्ति म मा छैन होला।

प्रधानमन्त्री ज्यू,
मैले बुझ्न नसकेको, किन तपाइ एउटा ब्यापारिलाइ सांसद बनाउनु हुन्छ ? शिक्षामा लागेकाहरूलाई,ज्यनमारामा दोषि ठह्याएकालाइ,डाक्टरलाई किन ? यदि देश र पार्टी चलाउन गाह्रो भए नेपालि जनतालाई आह्वान गर्नुस,पैसाको खाचो भो भनेर। नत्र जो जहाँ बिग्य छ त्यहि राम्रो गर्नुस भनेर हौसला दिन सक्नु हुन्न ?

अन्तमा मेरो अपिल,
जघन्य अपराध मा सामेल जतिलाई एकै ठाउमा ल्याएर तारो हान्ने आट गर्नुस,नत्र न तपाइ रहनु हुन्छ,,न मेरो देश ,देशको अहित चिताउने (राष्ट् र राष्ट्रियतामा आच पुर्याउने देशि विदेशिको मुटु सहित आर्यघाट मलामि जान ठुलो इच्छा छ, मेरो जिन्दगीको अन्तिम इच्छा यहि हो।

 

अपिल कर्ता
कृष्ण प्रसाद आचार्य

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर