आजबाट सुर्य दक्षिणायन आरम्भ


आमसंचार

वर्षदिनमा दुईपटक सुर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ति दुई परिवर्तनलाई उत्तरायण र दक्षिणायन भनेर बुझिन्छ। ६–६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सुर्य कर्कट राशी देखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ।

दक्षिणायनको अवधिमा सुर्यको परिक्रमा मार्ग बिस्तारै दक्षिण तर्फ लाग्दै गरेको हामीले देख्ने सक्छौ। शास्त्रको अनुसार दक्षिणायनलाई नकारात्मकता तथा उत्तरायणलाई सकारात्मकता को प्रतीक मान्ने गरिन्छ। शास्त्रको अनुसार उत्तरायणको ६ महिना देवताहरुको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरुको एक रात।

पौराणिक भनाई के रहेको छ भने उत्तरायणको बेला मृत्यु भएका मानिसहरुले मोक्ष प्राप्त गर्छन भने दक्षिणायनको बेला मृत्यु भएका मानिसहरुले पुनर्जन्म लिनु पर्छ, यसैकारण पनि सुर्यको यी दुई स्थितिलाई मानिसहरुको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको पाइन्छ।

दक्षिणायनको बेला रातहरु लामो र दिनहरु छोटो हुने गर्दछन् । दक्षिणायनमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभ कार्य गर्नु उचित मानिदैन। तर यो समयमा इच्छा, कामना र भोगको वृद्धि हुने भएकाले यस बेला चोखो नितो गरेर लिईएको व्रत एवं गरेको पुजा आराधनाले रोग र शोक मेटिने विश्वास रहेको छ।

दक्षिणायनको बेलामा वर्षा, शरद र हेमन्त ऋतुहरु पर्दछन् त्यसैकारण दक्षिणायनमा आकाशलाई बादलहरुले घेरेको पाइन्छ। व्रत एवं उपाशनाको लागि उत्तम मानिने यो समय हो।

हाम्रो बारे
प्रकाशक / समाचार संयोजक
विनोद पाण्डे (कमल)
सम्पादक
नरेन्द्र ढकाल
थप
दर्ता नं

सूचना विभाग :

© 2016 aamsanchar.com

Designed byappharu.com