Aamsanchar

मिस टिन प्रदेश १ को बन्दशत्र प्रशिक्षण

Author Image
मङ्गलवार, असार १०, २०७६
बिर्तामोड ।

वीरता जेसीज र बिर्ता मिडिया एण्ड इन्टरनेन्टमेन्टको संयुक्त आयोजनामा किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको मिस टिन प्रदेश १ को बन्दशत्र प्रशिक्षण सोमबारबाट शुरु भएको छ ।

वीरता जेसीजका अध्यक्ष विशाल थापाको अध्यक्षता तथा विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक वीरता जेसीजका विकाश वस्नेतले आस्था बाचन गरेका थिए ।

कार्यक्रममा नेपाल जेसीजका ट्रेनिङ कमिस्नर तथा वीरता जेसीजका निवर्तमान अध्यक्ष एकराज गिरी, मिस टिन प्रदेश १ कि २०१८ कि विजेता रुक्सुम गुरागाईं, ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहनकुमार थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होम अधिकारी , वीरता लेडी जेसीजका महासचिव सुस्मा भण्डारी , बिर्ता मिडिया एण्ड इन्टरनेन्टमेन्टका निर्देशक एलसी श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विभिन्न अडिसन पार गरेर आएका २५ जना प्रतियोगीलाई बन्दशत्र प्रशिक्षणमा सहभागि गराएर बिभिन्न प्रशिक्षण दिइने बिर्ता मिडिया एण्ड इन्टरनेन्टमेन्टका संयोजक राज सुब्बा लावतीले जानकारी दिए । प्रतियोगिताको कोरीयोग्राफी मिस नेपालमा सहभागी एलिशा अधिकारीले गर्ने बताइएको छ ।

कार्यक्रमको सञ्चालन वीरता जेसीजका कार्यकारी उपाध्यक्ष जीवनकुमार खड्काले गरेको मिडिया को अर्डिनेटर वीरता जेसीजका तुलसीप्रसाद निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर