Aamsanchar

कुकुरको पेटमा रहेको २ केजीको ट्युमर शल्यक्रिया गरि निकालियो

Author Image
मङ्गलवार, असार १०, २०७६

अनिल वाग्ले/झापा।

मानिसको पेटबाट शल्यक्रिया मार्फत ट्युमर निकालेको त हामीले प्रसस्तै सुन्ने गरेका छौं । तर पशुको पेटबाट शल्यक्रिया गरेर ट्युमर निकालेको भने विरलै सुनेका हौंला ।

पशुको पनि बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्दै धनकुटाको डाँडाबजारमा पेटमा ट्युमर पलाएको जर्मन सेफर्ड जातको कुकुरको सफल सल्यक्रिया सम्पन्न भएको छ ।

सल्यक्रिया गरि सो कुकुरको पेटमा भएको दुई किलोको ट्युमर निकालिएको छ । कुकुर यतिवेला स्वस्थ्य रहेको शल्यक्रिया गर्ने पशु चिकित्सक डा. रमेश घिमिरेले जनाएका छन् ।

गोविन्द मगरले पालेको कुकुरको पेटमा ट्युमर पलाएपछि पशुचिकित्सक डा. रमेश घिमिरे र डा. देवकुमार दर्लामीको टोलीले असार ८ गते शल्यक्रिया गरेको थियो । यस्तो खालको शल्यक्रिया काठमाडौं उपत्यका बाहिर कम हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर