Aamsanchar

प्राकृतिक विपत्बाट एक वर्षमा २६ को मृत्यु

Author Image
सोमवार, जेठ १३, २०७६

घोराही ।

प्राकृतिक विपत्मा परी गत वर्ष दाङमा २६ जनाको मृत्यु भएको छ । जिल्लाको विभिन्न ठाउँमा भएको प्राकृतिक विपत्मा परी उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा १४ पुरुष र १२ महिला रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक खिलानाथ दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष सर्पदंशका कारण तीन महिला र तीन पुरुष गरी छ जनाको मृत्यु भएको थियो । त्यस्तै करेन्ट लागेर पाँच, माटोको ढिस्कोले पुरिएर पाँच, आगलागीका कारण चार, पानीमा डुबेर दुई र चट्याङमा परी दुई जनाको मृत्यु भएका थिए । सो अवधिमा विपत्मा परी ६ जना घाइते भएका थिए ।

विपत्का कारण गत वर्ष जिल्लामा २१५ घरपरिवार विस्थापित भएको थियो । जसमा सबैभन्दा धेरै हावाहुरीका कारण ६५ घरपरिवार, आगलागीका कारण ९१, भारी वर्षात्का कारण ५८ र चट्याङका कारण एक परिवार विस्थापित हुनुपरेको केन्द्रका संयोजक खिलानाथ ढकालले जानकारी दिनुभयो ।

गत वर्ष विपत्का कारण जिल्लामा रु १२ करोड ७५ लाख एक हजार ५५० मूल्य बराबरको क्षति भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । तीमध्ये अहिलेसम्म रु १२ लाख ५१ हजार जिल्ला प्रशासन कार्यालयमाफर्त पीडित परिवारलाई राहत रकम उपलब्ध गराएको केन्द्रका संयोजक दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार प्राकृतिक विपत् हावाहुरी, आगलागी, चट्याङ, वर्षात र पहिरोका कारण धेरै घर, गोठलगायत सरकारी संरचनामा समेत असर पु¥याएको छ ।

गत वर्ष जिल्लामा हावाहुरीका ६५, आगलागीका १०२, भारी वर्षात्का ६०, करेन्टसम्बन्धी ११, पानीमा डुबेका ११, चट्याङसम्बन्धी आठ, सर्पदंश डसेका सात र बाढीका तीन गरी कूल २८० विपत्का घटना भएको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर