Aamsanchar

बिर्तामोडमा दुई संस्थाले विदेश अध्ययन गर्न जानेलाई दिए शैक्षिक परामर्श

Author Image
शनिवार, जेठ ११, २०७६

चारपाने, जेठ ११ ।

बिर्तामाडमा अपरोड स्टडी ईर्फमेसन सेमिनार सम्पन्न भएको छ ।

अरविट ईन्टरनेशनल एजुकेशन काठमाण्डौं र जयनेपाल ईन्टरनेशनल बिर्तामोडको संयुक्त आयोजनामा सेमिनार सम्पन्न भएको हो । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आएका दुई संस्थाले एकै थलोमा गरेको सेमिनारमा विद्यार्थी र अभिभावक गरेर दुईसय भन्दा बढीले सेमिनारमा सहभागी जनाएका थिए ।

ईक्यानको सदस्यता प्रमाणपत्र ग्रहण गर्दै जयनेपालका संचालक सदस्य सार्दुलहाङ ओली ।

जयनेपाल ईन्टरनेशनल एजुकेशनका अध्यक्ष नविनकुमार शिवाकोटीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं बिर्तामोड नगरपालिका नगर प्रमुख धुब्रकुमार शिवाकोटीले गरेका थिए ।

कार्यक्रममा ईक्यान निर्वमान अध्यक्ष प्रकास पाण्डे, ईक्यान महासचिव सेसराज भट्टराई, बिर्तामोड नगरपालिका वडा नं. २ का अध्यक्ष नगेन्द्र संग्रौला, उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य दिपक पाण्डे, उद्योग बाणिज्य संघ प्रदेश सदस्य बलराम कार्की लगायतको आतिथ्यता रहेको थियो ।

सेमिनारमा वेद इन्टरनेशनलका आशिष कार्की, विवर्स इन्टरनेशनलका प्रदिप भुसाल लगायतका परामर्स बिज्ञहरुले सहजिकरण गरेका थिए ।स्यारोन कन्सलटेन्सी प्रपर्टी भ्यालुयसन, माछापुछ्रे बैक, बैकअफ काठामाण्डौं, नविल बैकका प्रतिनिधीहरुले विद्याथीहरुलाई शैक्षिक ऋणलिन गर्नुपर्ने प्रक्रिया बारे जानकारी दिएका थिए ।

अष्ट्रेलिया, यू.एस.ए., जापान, न्युजरल्याण्ड, क्यानडा, यूके र यूरोपका विभिन्न देशमा अध्ययनको लागि विद्यार्थी पठाउदै आएको जयनेपाल ईन्टरनेशनल एजुकेशनले कार्यक्रम विच ईक्यान सदस्यता पनि प्राप्त गरेको थियो ।औपचारिक कार्यक्रमको संचालन सागर पोखरेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 421

प्रतिक्रिया (०)

सम्बन्धित खबर