सँगित प्रेमीहरुका लागी नयाँ भिडियो सार्वजनिक


आमसंचार

गायक प्रमोद खरेलको आवाजमा ‘कहाँ गयौ तिमी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा दुर्गाप्रसाद कडरियाको शब्द रहेको छ भने संगीत रमेश श्रेष्ठले गरेका छन् । बिनय केटुले संगीत संयोजन गरेको गीतको सम्पादन असोक महर्जनले गरेका हुन् ।

पूर्वका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र रोहित घिमिरेलाई प्रस्तुत गरिएको छ ।

ग्लोरी मिडियाले छायांकन गरेको म्युजिक भिडियोको निर्देशन कैलाश रेग्मीले गरेकाहुन् ।

हाम्रो बारे
प्रकाशक / समाचार संयोजक
विनोद पाण्डे (कमल)
सम्पादक
नरेन्द्र ढकाल
थप
दर्ता नं

सूचना विभाग :

© 2016 aamsanchar.com

Designed byappharu.com