Aamsanchar

श्रीमतीको विभत्स हत्या, श्रीमानले बोकेर हिँडे टाउको

Author Image
बुधवार, वैशाख ११, २०७६

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय जय बहादुर वाइवाले मंगलबार बिहान ५ः३० बजे सिन्धुली माइत भएकी श्रीमती वर्ष ४१ की मनमाया वाइवाको विभत्स हत्या गरेका हुन् ।

श्रीमतीको टाउको छिनाएर बोकेर हिँडेका उनलाई भाग्दै गरेको अवस्थामा खुर्पासहित पक्राउ महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख ९डीएसपी० गौतम मिश्रले जानकारी दिए ।

डीएसपी मिश्रका अनुसार जयबहादुरले सुरुमा घनले टाउकोमा हानेको र पछि खुर्पाले टाउको छिनाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।हत्या पारिवारिक कारण भएको बताइएको छ । जयबहादुरले प्रहरी समक्ष श्रीमतीले आफूलाई सधैं टचर दिइरहने गरेको डीएसपी मिश्रले बताए । जयबहादुर काचो इट्टा बनाएर बेच्ने काम गर्थे । आर्थिक अवस्था कमजोर भएका उनीहरुको २ सन्तान छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर