Aamsanchar

प्रियंका-निक जोडीलाई हात लाग्यो अर्को सफलता

Author Image
शुक्रवार, चैत २९, २०७५

एजेन्सी अभिनेत्री प्रियंका चोपडा तथा उनका पति निक जोनास एकअर्काका लागि भाग्यशाली साबित भइरहेका छन्।

गत वर्षको अन्तिममा विवाह गरेको यो जोडीलाई लगातार खुशिको खबर प्राप्त भइरहेको छ। एकातीर प्रियंकाले फोब्स पत्रिकामा विश्वका शक्तिशाली सूचिमा सामेल भइन भने निकको गीत पनि लगातार विश्व नम्बर १ मा बसिरहेको छ।

यस्ता राम्रो खबरहरू पाइरहेको यो जोडी फेरि एउटा राम्रो खबरका कारण चर्चामा आएको छ।यो जोडीलाई मेट गाला होस्ट कमिटीको सदस्यको रूपमा चुनिएको छ। यस कमिटीमा लेबा बेथ, केटी पेरी, जैरेड लिटो, जेनिफर लोपेज तथा एलेक्स रोड्रिगेजजस्ता ठूला नाम सामेल छन्।यसको जानकारी प्रियंकाले आफ्नो इन्स्टागाम एकाउन्टबाट दिएकी हुन्।

‘मेट गालाको बेनिफिट कमिटीमा सामेल हुन पाउँदा गर्व महशुस गरिरहेका छौङ। मेको पहिलो सोमबारका लागि उत्सुक छु’, इन्स्टाको पोस्टमा प्रियंकाले लेखेकी छन्।स्मरणीय रहोस प्रियंका र निक दुई वर्ष अगाडी पहिलो पटक मेट गालाको रेड कार्पेटमा हिँडेका थिए। यसपछि नै उनीहरू एकअर्काको प्रेममा परेको खबर सार्वजनिक हुन थालेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर