Aamsanchar

कविता मार्फत रमेशले तताए बिर्तामोड

Author Image
शनिवार, चैत ९, २०७५

बिर्तामोड । झापाली साहित्य समाजले आयोजना गरेको एकल कविता बाचन कार्यक्रममा कवि रमेश प्रसाईले विभिन्न कविताहरु प्रस्तुत गरेका छन् ।

समाजको आयोजनामा शनिबार बिर्तामोडमा भएको एकल कविता बाचन कार्यक्रममा प्रसाईले झण्डैं एक दर्जन कविताहरु प्रस्तुत गरेका थिए । साहित्यकार तेराख खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापाली चेली मेनुका पौडेलले विभिन्न गितहरु प्रस्तुत गरेकी थिइन् । प्रसाई र पौडेल दुवै जनाले गरामनी स्थित दुर्गा माविमा अध्ययन गरेको जनाइएको छ । आफ्ना अग्रज गुरुको सम्मानका लागि कविता बचान गरेको रमेशको भनाई छ ।

उनले अग्रज साहित्यका केशव आर्चाय र टंक विकल्पको कविता बाचन गरेर कार्यक्रमको सुरुवात गरेका थिए । देशभक्ति कविताहरु बाचन गर्दै आम दर्शकलाई जागरुक बनाएका रमेशले मायाप्रेमलाई पनि उत्तिकै उठान गरेका थिए । उनले जातिय भेदभावका कुरा पनि कवितामा समवेश गरिरहदाँ अपाङ्ग भनेर समाजले हेर्ने दृष्टिकोणकोबारेमा चोटिलो ब्यङग्य गर्न भ्याए ।
समाजका अध्यक्ष हरि बरालकको अध्यक्ष्तामा भएको कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रका अगुवा सहित वरिष्ठ साहित्यकारहरुको सहभागिता रहेको थियो ।

कविता बाचनको क्रममा रमेशले भने मेरो यि कविताहरु पहिलो पटक बाचन गर्दैछु यसपछी देशका धेरै ठाउँमा बाचन गर्ने योजना भएकोले यूटुव फेसबुकमा कसैले पोष्ट नगरिदिन समेत आग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 313

प्रतिक्रिया (०)