Aamsanchar

झापाकी एक युवतीले समाजलाई आफू मोडल भएको सन्देश यसरी दिईन

Author Image
शनिवार, चैत २, २०७५

सब्द/तस्वीर : बिनोद पाण्डे कमल/आमसंचार

कला र मोडलिंङको क्षेत्रमा झापा अग्रस्थानमै छ । राष्ट्रियस्तर र मोफसल अनि स्थानिय स्तरमा झापाली कलाकार, मोडलहरु एकै ठाउँ भेला हुने हो भने सयौको संख्या बन्छ ।

अझ केहीबर्ष देखि झापामा विकास भएर आएको व्युटी कन्टेसबाट पनि धेरै मोडलहरु तयार भईसकेका छन । यसै शिलशिलामा भर्खरै झापाको विर्तामोडमा सम्पन्न भएको मिस झापा कलेज दिभाले एक जुझारु मोडल तयार बनाएको छ ।

झापा जिल्ला अर्जुनधारा नगरपालिका खुदुनाबारीकी अञ्जु लिम्बुले आफ्नो पहिलो फोटोशूट आमसंचारका लागि गराएर आफु अब व्यवसायीक मोडलिंङ गर्ने लक्षका साथ समाजमा सार्वजनिक भएको बताएकी  छिन ।

विर्तामोड स्थित देवी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १८ बर्षिया नव मोडल लिम्बुको फोटोशूट मिस झापा कलेज दिभा आयोजक संस्थाको पहल र बिर्तामोड स्थित महेन्द्रा स्कुटर बिक्रेता साई अटो मोबाइल्सको संयोजनमा भएको थियो ।

फोटोशूटमा प्रयोग भएको महेन्द्राका गस्टो आरएस ११० सिसि, गस्टो १२५ सिसिका सिट एक्सञ्चेज गर्न मिल्ने, अधिकतम माइलेज, ह्ब्लि चक्का जस्ता आकर्षक फिचरका स्कुटरहरु त्यसै गरी महेन्द्राको ११० सिसि सञ्चुरो रक स्टार बाईक युवा पुष्ताको रोजाईमा पर्ने गरेको साई अटो मोबाइल्सका संचालक ओमप्रकास श्रेष्ठले बताए ।

अरु फोटोहरुपनि हेर्नुहोस् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 341

प्रतिक्रिया (०)