Aamsanchar

कनकाई नगर क्षेत्रको धार्मिक पर्यटकिय स्थलको अवस्था ( फोटो फिचर )

Author Image
सोमवार, माघ ७, २०७५

( विनोद पाण्डे कमल / आमसंचार )

Caption

विश्वका धेरै मुलुकहरु पर्यटन प्रवर्धनको कारण दिनानुदिन विकासको शिखर तर्फ उकालो लागि रहेका छन । कतिपय देश प्रकृतिले दिएको शुन्दरतालाई सदुपयोग गर्दै र अझ सझिसझाउँ बनाएर संसारका मानिसलाई आकर्षित पार्ने ध्याउन्तमा छ त्याहाँको सरकार ।

धेरै देशले काल्पनिक पर्यटकिय स्थल निर्माण गरेर देशका नागरिकलाई आर्थिक आत्म निर्भरमा बलियो बनाउन लागिपरिरेका छन र सफल पनि बनेका धेरै उदाहरण हमि माझ छ ।
नेपाल पनि प्राकृतिक रुपमा लाखौ स्देशी तथा विदेशी पर्यटकलाई आर्कशित पर्न सक्ने प्रचुर सम्भावना बोकेको देश हो र यसो हुँदा हुदै नेपाल सरकार र स्थानिय सरोकार वालाको दुर दृष्टीको कमिकाकारण विगतका बर्षमा अपेक्षित पर्यटक भित्रयाउन नेपाल पछि परिरहेको वेला देश संघियतामा गएपछी भने स्थानिय सरकार र नागरिकले पर्यटनलाई क्रमस् व्यवसायिक रुपमा विकास गर्दै लगेको अवस्था छ ।

सोही अनुसार प्रदेश नं. १ झापा जिल्ला स्थित कनकाई नगरपालिकाले पनि पर्यटन प्रर्वधनमा जोड दिन थालेको छ । अहिले कनकाई नगर क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकिय स्थलमा आउने आन्तरिक पर्यटकहरुको संख्यामा पनि वृद्धि हुदै आएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनु भयो ।

तस्वीरमा कनकाईको धार्मिक पर्यटन क्षेत्रको अवस्था

जामुनखाडी बाल उद्यान । यहाँ सयौं बालवालिकाले एकै पटकमा रमाईलो गर्न सक्छन ।

जामुनखाडी सिमसार ताल। यो ताल डुङ्गा सयरको लागि चर्चित छ ।

कनकाई र शिवसताक्षी नगरपालिका जोडने दोमुखा स्थित झोलुड्डे पुल । यो पुलले यस क्षेत्रको शैर्दयता निहाल्न थप सहयोग पुगेको ।

कनकाई र माई नगरपालिका सिमा क्षेत्र झण्डीडाँडा वाट देखिएको सुरुंगा बजार, पूर्वमा विरिङ नदी, पस्चिममा कनकाई नदी । करिव एक घण्टाको पैदल यात्राबाट पुग्न सकिन्छ ।

जामुनखाडी सिमसार आकासे पुल । यो पुल सेल्फी फोटो खिन्चेहरुको लागि आर्कषण स्थानमा परेको छ ।

जामुनखाडी सिमसारमा रहेको झोलुड्डे पुल । झापामा पर्यटकिय स्थलमा निर्माण गरिएको पहिलो पुल हो । यो पुल पार भएपछी प्राकृतिक क्षटाले भरिपूर्ण जामुनबारी सामुदायिक बन अवलोकन गर्न सकिन्छ ।

धनुश्कोटी मन्दिर । यो मन्दिर चुरेपाहाडको काखमा रहेको छ भने यहाँ स्थापना गरिएको शिवलिंग सायदै देश भरिका अरु शिवालय राखिएको शिवलिंग भन्दा फरक आकृतिको छ ।  

सुकेडाँगी सामुदायिक वन र कनकाई नदी । यो क्षेत्र वन तथा नदी बारे अनुसन्धान गर्नको लागि उत्तम स्थानमा पर्छ ।

सुरुंगा बजार देखि करिव ३ किलो मिटर उत्तरमा पर्ने सुकेडाँगी कृषि क्षेत्र । यो क्षेत्रमा अन्न र वेमौषमी तरकारी खेतीको उत्पादन राम्रो हुने गर्दछ । कृषकहरुका लागि यहाँको गन्तव्य लाभदायिक बन्न सक्छ ।

कनकाई पुल । यो पुल नेपालकै लामो पुल मध्येमा पर्छ । यसको लम्बाई ७०२ मिटर रहेकोे छ ।

कनकाई नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने भुरुङ्गा पुल । यो पुल हुदै जामुनखाडी देखि दोमुखा सम्मको पैदल मार्ग पर्छ । यो कृषि सडकले ट्रयाकिङ गर्न रुचाउने पर्यटकलाई खिच्ने गरेको छ ।

चुरेपहाडमा रहेको जगन पाण्डे दरवार भग्नाअवषेश क्षेत्रवाट दक्षिण पस्चिममा अवस्थित दोमुखा गाउँ । यो गाउँ शिवसताक्षी नगरपालिकामा परेतापनी धेरै जसो यहाँ कनकाईमा आउने पर्यटक पुग्ने गर्छन ।

झापा जिल्लाकै ठुलो नदीहरु मध्येको विरिङ्ग नदी । यो कनकाई नगरपालिका ८ नं. वडा हुदै बगेको छ । यो नदी क्षेत्र जलचर र चराहरुको अनुसनधान क्षेत्रको रुपमा रहेको छ ।

कन्काई धाम । (कोटीहोम) पूर्वाञ्चलको एउटा महत्वपूर्ण धार्मिक पर्यटन क्षेत्र हो । यो धाम कनकाई नगरपालिकाको वार्ड नं ४ मा अवस्थित छ । कोटीहोम नामले पनि चिनिन्छ । वि.सं २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाईमा यहा“ एउटा बृहत् धार्मिक अनुष्ठान कोटिहोम महायज्ञ गरिएको थियो, त्यो वेला यज्ञमा बालिएको आगो अहिले सम्म पनि निभ्न दिईएको छैन ।

दोमुखा । यो ठाउँ कनकाई, शिवसताक्षी, इलामको माई नगरपालिको संगम स्थल हो । यस स्थलमा कनकाई सिंचाई परियोजना संचालित छ । सुरुंगाबजार हुदै करिव ३ किलो मिटरको दुरी पार गर्दा यस ठाउँमा पुग्न सकिन्छ ।

सुकेडाँगी सामुदायिक वन । यो वन धार्मिक र जडिबुटीका कारण महत्वपूर्ण मानिन्छ ।

सुकेडाँगी वनभोज स्थल । यो झापा जिल्लामै प्राकृतिक र सुविधाका हिसावले उत्तम वनभोज स्थलमा पर्छ ।

प्रशिद्ध धनुश्कोटी मंदिर जानेबाटो । हरियाली वन जंगलका कारण यात्रागर्न रमाईलो हुन्छ यो बाटोमा । विशेष गरि भदौ देखि कात्तिक सम्म अझ धेरै प्राकृतिक शौर्दयता देख्न सकिन्छ ।

योगमाय पार्क । यो स्थान सुरुड्डा बजार देखि १ एक किलो मिटर दक्षिणमा पर्छ । योगमाया नेपाली साहित्य र सामाजिक अभियानमा लाग्ने क्रान्तिकारी नारीहरूकी प्रतीकहुन् । उनैको सम्झनामा निर्माण गरिएको पार्क हो । यसको औपचारिक उद्घाटन भने हुन बाकी छ ।

ह्प्पील्याण्ड फन पार्क । यो निजि क्षेत्रवाट संचालित कनकाईको पहिलो पर्यटकिय स्थल हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)