Aamsanchar

परिक्षा केन्द्रको लापरबार्ही कहिले सम्म ?

Author Image
शुक्रवार, भदौ २२, २०७५

रोसन भट्टराई / बुद्धशान्ति

कुरा एक वर्ष पहिलेको हो । मानविकी संकाय अन्तरगत आमसंचार तथा पत्रकारिताको परिक्षा दिएँ मैले । ७० माक्स को परिक्षामा मैलै सबै प्रश्नहरुको उत्तर दिएको थिएँ र सबै मिलेका पनि थिए । तर केही समय पछि परिक्षा फल प्रकाशित हुँदा ७० मा जम्मा १० मात्र आएछ ।

यो कक्षामा भएका अन्य विद्यार्थीहरु मध्येबाट सबैभन्दा कम माक्स थियो । कक्षा १ देखि १३ सम्मको शैक्षिक करिअरमा यो मेरो पहिलो पटक व्याक थियो । मैलै परिक्षा दिनु अगाडी देखिनै व्यवसायिक रुपमा पत्रकारिता गर्न थालेको २ वर्ष भइसकेको थियो ।

तर अन्य सबै विषय पास भएर त्यही मात्र फेलहुनुले शंका पैदा गर्छ । म अझै पनि गर्वकासाथ भन्न सक्छु बिए प्रथम वर्षमा रहेको आमसंचार तथा पत्रकारिता विषयमा पढ्नुपर्ने पाठहरु सबै आउँछ मलाइ । तर मैले त्यति राम्रो परिक्षा दिँदा दिँदै पनि कक्षाकै सबैभन्दा कम माक्स आउनुमा परिक्षा केन्द्रको पूर्ण रुपमा लापरवाही छ भनेर म खुलेर भन्न सक्छु ।

त्यही दिन प्रकाशित भएको रिजल्टको अर्को गल्ती छ, मेरै एकजना मिल्ने साथी तथा बन्दु जस्को आफ्नै अंग्रेजी भाषा प्रशिक्षण केन्द्र छ वहाँको पनि अंग्रेजी विषयमा व्याक लाग्नुमा पूर्णरुपमा परिक्षा केन्द्रको दोष भएको देखिन्छ । रिजल्टबारे कलेजमा जानकारी गराउँदा कुनै रेसन्पोन्स नगरिनु पनि हाम्रा लागि दुःखको कुरा थियो ।
त्यही रिजल्ट प्रकाशित भएकै दिनको कुरा हो ।

अर्कै कलेज पढ्ने एक जना चिनेको बहिनीले मलाई दाइ म आत्महत्या गर्दैछु भनेर फोन गरिन् कारण सोध्दा अंग्रेजीमा ब्याक लागेको बताइन् । उनी अंग्रेजीमा अत्यन्तै दक्ष थिइन, अहिले सम्म एकपटक पनि फेन नभएको मान्छे एकै चोटी उनका लागि सबैभन्दा सजिलो र धेरै मिलेको विषय अंग्रेजीमा फेल भएको दुःखले त्यसो भनेको हुन सक्छ । उनलाई मैले कम्तिमा पनि आधा घण्टा जति राम्रा राम्रा कुरा भनेर घटना घट्नबाट जोगाएँ ।

रिजल्ट प्रकाशित भएकै दिनको कुरा हो एउटा साथीले अत्यन्तै अचम्मित तथा खुशी हुँदै मलाइ फोन गर्नुभयो यार रोसन मैलेत एकाउन्टको जम्मा १३ माक्स मात्र गरेको थिएँ अहिले ५९ आइरहेको रहेछ । म झन दुखीत तथा आक्रोशित भएँ त्यस दिन । हामी अन्यन्तै मेहनत र दुःख गरेर पढ्ने अनि मिलेको उत्तरको पनि माक्स नपाउने तर कोइ कोइले उत्तरनै राम्रो लेखेको छैन उनीहरु चहीँ धेरै माक्स ल्याएर पास हुने यसबाट के प्रष्ट हुन्छ भने त्रिवि अन्तरगत परिक्षा केन्दले परिक्षा फल प्रकाशित गर्दा अत्यन्तै लापरवाही गर्छ । एउटा विद्यार्थीको माक्स अर्कोलाई हालिदिन्छ ।

केही समय अघि प्रकाशित भएको एसइइको रिजल्टको कुरा हो । सुरुमा चेक गर्दा आफूँले सोचे अनुसारको ग्रेड नआएकोले झापा बुद्धशान्तिकी एउटी चेलीले आत्महत्या नै गरिन् तर केही समय पछि फेरी चेक गर्दा रिजल्ट परिवर्तन भइ पहिलेको भन्दा धेरै ग्रेड आएको पाइयो । परिक्षा केन्दको यस्तो लापरवाही आखिर कहिले सम्म विद्यार्थीले सहनु पर्ने ?

भरखरैको कुरा हो । एमएड प्रथम सेमेष्टर २०७५ को परिक्षामा २०७४ सालकै प्रश्न पत्र दोहोरिनु तथा अर्को परिक्षा हुनु अगावै प्रश्न पत्र बाहिरिनुले त्रिविमा कति सम्म लापरवाही रहेको हुन्छ भन्ने प्रष्ट हुन्छ । भोलीका दिनमा संवृद्ध देश बनाउने कर्णधारका रुपमा रहेका विद्यार्थी जीवनमा परिक्षा केन्द्र यसरी पटक पटक अन्याय गरिरहँदा विद्यार्थीहरुमा पढाइप्रत्रि हिनता बोध बढ्दै गएको पाइएको छ । तथा शिक्षा जस्तो क्षेत्रमा पनि पहुँच र पावरका आधारमा फोहोरी राजनीति भइरहेको प्रष्ट देख्न सकिन्छ । यस विषयमा अब सरकारले गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ ।

एउटा विद्यार्थीको भविष्यमाथी खेलवाड गर्ने अधिकार कसैमा नरहेकोले अब सरकारले यस विषयमा निष्पक्ष छानविन गरि दोशीलाई कानुनी कारवाही गर्दै शैक्षिक गुणस्तरमा सुधार गर्न सकेमा मात्र संवृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गर्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर