Aamsanchar

विशेषज्ञ सेवा प्रदान गर्दै बुधबारेको महिला सामुदायक अस्पताल

Author Image
सोमवार, साउन २८, २०७५

स्वास्थ्य नै माानिसको धन हो । मानिस शारिरीक र मानसिक रुपमा स्वास्थय भए मात्र उसले हरेक काम गर्न सकछ तर आफ्नो स्वास्थ्य नै ठिक छैन भने मानिसले केही पनि प्रगति गर्न सकदैन् । विभिन्न प्रदुषण तथा फोहोरमैलाका कारण सरुवा र नसर्ने रोगहरुको जोखिम बढ्दै गएको छ । गाँउ–गाँउमा सुविधा सम्पन्न अस्पतालहरु नहुदाँ धेरैले अकालमा नै ज्यान गुमाएका छन् । यसैविषयलाई दृष्टिगत गर्दै झापाको बुद्धशान्ति गाँउपालिमा रहेका बुधबारे बजारमा महिला सामुदायिक स्वास्थय केन्द्र सञ्चालनमा आएको छ । यस अस्पतालले कस्तो सेवा प्रवाह गरिरहेको छ भन्ने विषयमा आमसञ्चार डटकमले अस्पतालका प्रबन्ध निर्देशक जीवन खड्कासंग गरेको कुराकानीको सम्पादित अंश–

महिला सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गर्नुभएको छ, यो कस्तो अस्पताल हो ?
– महिला सामुदायिक स्वास्थय केन्द्र भन्नासाथ धेरैले महिलाको मात्रै अस्पताल हो भन्ने सोच्नु स्वभाविकै हो । यो एउटा सामुदायिक अस्पताल हो । यो यस क्षेत्रका समुदायका मानिसको उपचारमा लाग्ने अस्पताल हो । यहाँ सबै प्रकारका प्राथमिक उपचार हुन्छ । यहाँ महिलाको मात्र होइन बालबच्चा, पुरुष, वृद्धवृद्धा सबैको उपचार हुन्छ । यो ग्रामिण क्षेत्रमा खोलिएको सामुदायिक अस्पताल हो ।

बुधबारेमा नै किन खोल्नुभयो त यो अस्पताल ?
– हो बुहत सान्दर्भिक प्रश्न गरिदिनुभयो । अहिले अस्पतालहरु शहर केन्द्रित भइरहेका छन् । धेरै महंगा अस्पतालहरु रहेका छन् तर गाँउघरमा उपचार नपाएर धेरैले अकालमा नै ज्यान गुमाउनु परेको छ यसलाई दृष्टिगत गर्दै झापाको पूर्वोत्रर क्षेत्र र इलामको दक्षिणी क्षेत्रका बिरामीले सहज रुपमा सेवा पाउन् भनेर बुधबारेमा यो अस्पताल सञ्चालनमा ल्याएका हौं । ग्रामिण क्षेत्रमा नै स्वास्थय सेवा पुर्याउन सकियो भने महंगो अस्पताल धाउनु पदैन् । त्यो पनि सामुदायिक अस्पताल हो यसमा अरु नीजि जस्तो महंगो छैन् ।

अस्पतालमा हाल सञ्चालनमा रहेको सेवाको बारे बताईदिनुन ?
– यो अस्पताल विगत १३ वर्षदेखि सञ्चालनमा रहेको छ । यसले क्रशम आफ्नो क्षमता बढाउदै लगेको छ । हाल १५ शैयामा यो अस्पताल सञ्चालनमा रहेको छ । यसमा सबै प्रकारका रोगहरुको प्राथमिक उपचार हुन्छ । यहाँ विभिन्न रोगका विशेषज्ञ डाकटरहरु समेत आउनुहुन्छ । २४ सै घण्टा सञ्चालनमा रहने यो अस्पतालमा सबै सेवाहरु उपलब्ध गराइनुका साथै बिरामीको उपचारमा हरसम्भव सहयोग गर्ने अस्पतालको उद्धेशय रहेको छ । यहाँ सर्जन, हाडजोर्नी, गर्भ जाँच, बालरोग लगायतका सेवाहरु सञ्चालनमा रहेका छन् । हामी क्रमश यो अस्पतालको स्तरवृद्धि गर्दै विशेष र दक्ष चिकित्सकहरु राखेर सबै उपचार एकै थलोबाट गर्ने उद्धेश्यका साथ लागेका छौं ।

महिला सामुदायिक अस्पताल भन्नु भएको छ तपाई पुरुष जिम्मेवार स्थानमा हुनुहुन्छ नी ?
– यो अस्पतालको अध्यक्ष महिला हुनुहुन्छ । यो अस्पतालमा महिलाले मात्रै अध्यक्ष बन्न पाउँने प्रावधान रहेको छ । यहाँ ६६ प्रतिशत महिला र ३३ प्रतिशत मात्रै पुरुष हुने बयवस्था हरेको छ । महिलाद्धारा नै सञ्चालित अस्पताल हो भन्न म रुचाउछु किनकी यहाँका दिदीबहिनीहरुले यो अस्पताल सञ्चालनमा देखाउनुभएको तदारुपता इच्छाशक्तिलाई हामी पुरुषले सम्मान गर्नै पर्छ । महिला र पुरुष एक रथका दुई पाङग्रा हुन् । त्यसैले कुनै पदमा पुरुष हुनु स्वभाविकै हो । यो महिलाको बढी सहभागितामा सञ्चालनमा रहेको अस्पताल हो ।

सामुदायिक अस्पताल भन्नुभएको छ समुदायका लागि यो अस्पतालले कस्ता सेवा दिएको छ ?
–यो अस्पतालले समुदायको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै हरेक शनिबार र बुधबारको दिन १५ देखि ५० प्रतिशत सम्म छुटको बयवस्था गरेको छ । शनिबार विदाको दिन तथा बुधबार बुधबारे बजारको हटिया भएकाले उक्र दिन बिरामीहरुको चाप हुनेभएकाले यो दुवै दिन विभिन्न विशेषज्ञ चिकित्सकहरुका् सेवा पनि सञ्चालन गर्दै आएका छौं । यसले विपन्न समुदायलाई ठूलो राहत मिलेको छ । एउटा सामुदायिक अस्पताल सञ्चालन गरेर विशेषज्ञ डाकटरहरुबाट उपचार गराउनु निकै चुनौतीको विषय हो तर आम सर्वसाधारणको विशवास र चिकित्सको प्रभावकारी उपचारका महिला सामुदायिक स्वास्थ्य केन्द्र समुदायकै लागी हो भन्दा हामीलाई गौरव लागेको छ ।

  • महिला सामुदायिक स्वास्थय केन्द्र भन्नासाथ धेरैले महिलाको मात्रै अस्पताल हो भन्ने सोच्नु स्वभाविकै हो । यो एउटा सामुदायिक अस्पताल हो । यो यस क्षेत्रका समुदायका मानिसको उपचारमा लाग्ने अस्पताल हो ।

 

अस्पतालमा हाल कति चिकित्सक, नर्स तथा कर्मचारी कार्यरत रहेका छन् ?
–महिला सामुदायिक स्वास्थ्य सेवा केन्द्रमा १८ जना चिकित्सक, नर्स तथा कर्मचारी कार्यरत रहेका छन् । २४ सै घण्टा डाक्टर बस्नुहुन्छ । हामीले पालो सिस्टम गरेका छौं यहाँ कुनै बिरामी आँउदा कसैले पनि डाकटर भेटिएन भन्नु पर्दैन् । यहाँ जुनसुकै रोगको पनि प्राथमिक उपचार हुन्छ साथै उपचार सम्भव भएन भने उचित परामर्श दिएर बिरामीलाई पठाउने काम गरेका छौं ।

अन्त्यमा के भन्नुहुन्छ ?
– हामीले ग्रामिण क्षेत्रमा रहेर स्वास्थयको पहुँचभन्दा टाढा रहेको जनतालाई सेवा दिने उद्धेश्यले यो सामुदायिक अस्पताल सञ्चालनमा ल्याएका छौं । हामी आग्रह गछौं । अरु नीजि क्लिनक तथा अस्पताल भन्दा हाम्रो सामुदायिक अस्पतालले उपचारमा कुनै तलमाथि गर्दैन त्यसैले म यस क्षेत्रमा सबै बिरामीहरुलाई यो अस्पतालमा उपचारका लागी आउन आग्रह गर्छु । यदि तपाईले भने जस्तो सेवा पाउनुभएन भने हामीलाई भन्नु होला । समुदायबाट सञ्चालित अस्पताल समुदायको स्वास्थ्य प्रति चिन्तित छ । त्यसैले सबै रोगको उपचार हुने बुधबारेको एक मात्रै अस्पताल हो महिला सामुदायिक स्वास्थय केन्द्र । हामी प्रविधि विस्तार गर्दै दक्ष चिकित्सक समेत बढाउने लक्ष्यका साथ लागेका छौं । अब कुनै पनि रोगको उपचारका लागी बिर्तामोड, धरान, बिराटनगर, काठमाण्डौं धाउनुपर्दैन् । आफ्नै गाँउघरमा विशेषज्ञ सेवा सहितको अस्पताल छ । हामीलाई विश्वास गर्नुहोस् तपाई विश्वास खेर जानदिदैंनौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर